अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालय बन्द

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०८०

धनगढी । धनगढीमा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएका छन्। धनगढी उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि ४ दिनका लागि उपमहानगर भित्रका सबै विद्यालयहरु बन्द गरेको हो।

‘अत्यधिक गर्मीका कारण विद्यार्थीहरुमा समस्या देखिन थालेकाले बर्खे वा हिउँदे बिदाबाट मिलान हुने गरी आइतबार देखि ४ दिनसम्मका लागि उपमहानगरभित्रका विद्यालयहरु बन्द गर्न अनुरोध छ’ उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबारदेखि धनगढीको तापक्रम उकालो लागेको हो । मंगलबार ३७ डिग्री सेल्सीयस रहेको तापक्रम शुक्रबार ४० दशमलव ५ डिग्री पुगेको छ। बिहीबार र शुक्रमबार ४० दसमलव ५ डिग्री मापन भएको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका प्रमुख सिंगल चौधरीले बताए।


Published :२७ जेष्ठ २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media