भारत भ्रमणमा प्रचण्ड अतिक्रमित भूमिबारे चुइँक्क बोलेनन्: केपी ओली

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०८०

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको टिप्पणी गरेका छन् ।

भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको उनले बताए ।

नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई शनिबार  सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त अवस्था राम्रो छैन । देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । त्यसरी नराम्ररी देश पछाडि परेको छ । साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो । अहिले कोभिडको मारले यताउता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ । युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की ? के गरेको छ ? अनि यहाँ युक्रेनका वारले हो प्रचण्ड जीले नदीहरू सित्तैमा दिएर आएको ?’

देश नै ग्रहण लागेको अवस्थामा पुगेको भन्दै ओलीले सरकारले साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘प्रचण्डजीको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’

अध्यक्ष ओलीले नेपालका नदीहरू भारतलाई सित्तैमा दिएको पनि युक्रेनकै वारले हो भन्दै अर्को प्रश्न गरे ।


Published :२७ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media