तत्कालीन नेकपा ब्युँताउन माधव नेपालको आह्वान

राष्ट्रपाटी न्युज

२७ जेष्ठ २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।

शनिवार शनिवार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताए ।

उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको बताए ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए । उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसिनरहने जिकिर गरे । उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरुले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए ।

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोशिस भइरहेको बताए । उनले राजावादीहरुले टाउको उठाउने कोशिस गरे पनि सफल हुन नदिने बताए ।


Published :२७ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media