प्रचण्ड-बाबुरामविरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

राष्ट्रपाटी न्युज

३० जेष्ठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

बाल सेना दुरुपयोगलगायत आरोप लगाउँदै पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।

द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो। यसअघि द्वन्द्वकालमा मारिकामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेको सन्दर्भमा कारबाहीको माग गर्दै प्रचण्डविरुद्ध दायर भएको रिट सर्वोच्चमा विचाराधीन छ। उक्त रिटमा लिखित जवाफ मागिएको छ ।

द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो ।


Published :३० जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media