काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगनकुमार थापाले बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्न सक्ने बताएका छन् ।
सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताए ।
उनले नेपाली काँग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा काँग्रेस दुर्घटनामा जाने बताए । उनले काँग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली काँग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे । महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए । उनले काँग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए । उनले देश अफ्ठ्यारोमा भएको बेला काँग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताए । उनले यस्तो बेलामा काँग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए ।
महामन्त्री थापाले सिङ्गो नेपाली काँग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले काँग्रेसले आफूलाई बदलेन भने काँग्रेस काँग्रेस जस्तो नहुने बताए । उनले काँग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।