बूढानिलकन्ठ। बूढानिलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले संस्थागत बिधालय संचालन मापदण्ड ल्याएर निजि बिधालय संचालन प्रक्रिया बदल्ने घोषणा गरे संगै निजि बिधालय संचालकहरुमा व्यापक तरंग उत्पन्न भएको छ। सिंहले आगामी दश बर्षे शैक्षिक योजना ल्याउन लागेको भन्दै निजि बिधालय संचालकहरुले आफ्नो निजि सम्पति लगानी छ भन्दैमा जे सुकै गर्न नमिल्ने बताएका छन्।
राष्ट्रपाटी डट कमको शैक्षिक कार्यक्रम ‘बूढानिलकण्ठ शैक्षिक बहस’ मा अन्तर्वार्ता दिंदै उनले आफूमाथि केहि संचालकहरुले अनुचित दवाव दिएको बताएका छन्। केहि संचालक ,व्याबस्थापक र राजनीतिक नेतृत्व समेत आफू विरुद्व खनिएको भन्दै उनले आफू कुनै हालतमा पछि नहट्ने समेत दावी गरेका छन्।
निजि बिधालयमा शिक्षक नियुक्ति गर्दा समेत अब नगरपालिकाले बनाएको शिक्षक बैंकबाट गर्नुपर्ने उनको भनाइ छ। शिक्षकको न्युनतम तलब समेत नगरपालिकाले छिटै तोक्ने जानकारी समेत उनले दिएका छन्।
निजि बिधालयहरुले बिधालय पोशाक समेत जथाभावी ढंगले लगाउन नमिल्ने भन्दै उनले नगरपालिकाले २/३ वटा ड्रेस कोडहरु दिने र त्यहि अन्तर्गत ड्रेस तोक्नुपर्ने बताएका छन्। बिधालय ड्रेसमा स्कुलको लोगो समेत आबश्यक नभएको भन्दै उनले नगरपालिकाको लोगो मात्र राखिने योजना रहेको बताएका छन्।
त्यसै गरि उनले संस्थागत बिधालयहरुले समेत अब जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट प्रकाशित सरकारी पुस्तक बिधालयमा लगाउनुपर्ने भन्दै आफू खुशी बिभिन्न पब्लिकेशनको पुस्तक लगाउन नपाउने बताएका छन्। अब नगरपालिकाले २/३ वटा पब्लिकेशन छनोट गर्ने र त्यस बाट मात्र पुस्तक खरिद बिक्रि गर्न पाइने उनको भनाइ छ। अब एउटा पाठ्यपुस्तक कम्तिमा २ बर्ष प्रयोग गर्नुपर्ने उनि बताउंछन् ।अब कक्षा-३ सम्म नो होम वर्क पोलिसी लागु गरिने भन्दै आगामी साउन महिना देखि मंगलबार वा बुधवार मध्य एक दिन बुक फ्री डे लागु गरिने समेत जानकारी दिएका छन।
पुरा अन्तर्वार्ता हेर्न तलको लिंक प्रयोग गर्नुहोला।