काठमाडौं । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उनले रोपाइँ सुरु हुँदा पनि मलको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरिन् ।
सांसद महतोले विभिन्न रोगव्याधिहरु फैलने अवस्था आएकाले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।
सांसद महतोले युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढ्दा पनि सरकारले उनीहरुलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै सोचाई नराखेको भन्दै आक्रोश व्यक्त गरिन् ।