नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थितिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डेले बताए ।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय गरेको उनले बताए ।

उनले असन्तुलित विषयलाई सन्तुलित बनाएरमात्रै बजेट पारित गर्न सकिने बताए ।

बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाएकाले आफूहरू संशोधन हुनेमा सकारात्मक रहेको उनको भनाइ छ । उनले १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटीबढी नहुने भन्दै बजेट पनि समानरूपमा वितरण हुनुपर्ने उल्लेख गरे ।

बैठकमा बजेटमा भएको असन्तुलनका बारेमा सबै सदस्यहरूले कडारूपमा धारणा राखेको पाण्डेले बताए ।


Published :७ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media