नेकपा विभाजनको यथार्थ नागरिकले थाहा पाउनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् ।

आईतवार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए ।

उनले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्ने कुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको बताए । उनले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको बताए ।

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण आन्दोलनको हितका लागि राम्रो हुने बताए ।


Published :१० असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media