सरकारमाथिको विश्वास घट्योः केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताए । एमालेको माग अनुसार बजेट पारित गर्नका लागि प्रतिनिधिसभा बैठकमा मतदान भएको थियो ।

ओलीले भने, ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो मत देखायौं । ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झ-यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो । अरु त्यसमा केही भनिरहनु परेन ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुसँग बहुमत भएकाले बजेट पारित हुनुलाई आफूहरुले स्वभाविकै रुपमा लिएको बताए ।


Published :१३ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media