काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौंवर्षसम्म नआउनेलगायतका विषयहरुमा कलम चलाउन नसकेको गुनासो गरे । उनले विधेयकहरु बारम्बार शुन्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गरे ।
अध्यक्ष तिमिल्सिनाले पत्रकारहरुले विधेयक ल्याउन भइरहेको ढिलासुस्तीमा दबाब दिनसके विधेयकहरु समयमा नै आउने बताए ।