काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानून भन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् ।
६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदले बनाएको कानूनबाट प्रशासन नचलेको बताए । उनले संसदले यसबारेमा ध्यान दिन नसकेको बताए ।
उनले राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको बताए । उनले संसदले बनाएका कानून प्रशासनले नमान्नु भनेको संसदको अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताए ।