सत्ता जोगाउन गठबन्धन बनिरहेको सभापति लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन सत्ता जोगाउन बनाएको दाबी गरेका छन् ।

आइतबार गोकर्णेश्वरको नगरभेलालाई सम्बोधन गर्दै उनले जनताका लागि नभई सत्ता जोगाउनका लागि गठबन्धन बनिरहेको बताएका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध संसदभित्रका माओवादी केन्द्र, जसपा र नेकपा एसले विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा नेपाल बनाएको छ। लामिछानेले यहि समाजवादी मोर्चालाई लक्षित गर्दै यस्तो बताएका हुन्।

नेपाली जनताले गठबन्धनबाट वाक्क भएर नेपाली जनताले घण्टी बजाएको स्मरण गराए। उनले छोटो समयमा नै रास्वपाले २१ सिट जितेको उल्लेख गरे। उनले पार्टीले भातृ संगठन नबनाउने उद्घोष गरे। भातृ संगठन भनेको पार्टीलाई मात्र नभई देशलाई नै भार हुने उनको भनाई छ।

लामिछानेले आफूले पार्टीलाई योगदान दिने नभई देशलाई योगदान दिनसक्ने मानिस रास्वपामा खोजिरहेको बताए। उनले राजनीतिलाई सङ्ल्याएर सुशासन कायम गर्न रास्वपा उदय भएको दाबी गरे। लामिछानेले अरु दल छाडेर रास्वपामा आएका नेताहरुलाई दुष्मनको व्यवहार नगर्न आग्रह गरे।


Published :१७ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media