शेयर बजारमा उच्च अंकको गिरावट, १३ वटै उपसमूह नकारात्मक

काठमाडौं । साताको पहिरो कारोबार दिन आज नेप्से परिसूचक भारी अंकले घटेको छ। नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स १२.२३ अंकले घटेको छ।

आज २८६ कम्पनीको  १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा खरिदबिक्री भयो।

५३ अंकले ओरालो लागेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बीपीडब्लू लघुवित्त वित्तीय  संस्थाको १०  प्रतिशत र सिटी होटलको ९.९८ प्रतिशतले सेयर मूल्य बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७०७ रुपैयाँको सेयर कारोबार भयो ।

शिवम् सिमेन्टको २७ करोड र साल्टी होटलको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा  आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

माइक्रोफाइनान्सको सूचक  ४.७५ प्रतिशतले ओरालो लाग्यो ।


Published :१७ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media