आईसीसी विश्वकपः नेपालद्वारा युएई ३ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप छनौटअन्तर्गत सातौं स्थानको लागि भइरहेको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको छ ।

दीपेन्द्र सिंह ऐरीको अर्धशतक प्रेरित खेलमा नेपाल ७ विकेट गुमाएर ४० बल अगावै विजयी भएको हो । युएईलाई पराजित गर्न ऐरी र सन्दीप लामिछानेले ७९ रनको साझेदारी गरेका थिए।

८५ बल खेलेका ऐरीले २ छक्का र ७ चौकासहित ७९ रन बनाए भने सन्दीपले ३७ बलमा २ चौकासहित २३ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले १३, गुल्सन झाले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

जिम्बावेमा टस जितेर ब्याटिङको निम्तो पाएको युएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो । युएईलाई सस्तैमा रनमा समेट्न करण केसी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्र संह ऐरीले एक एक विकेट लिए ।


Published :१७ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media