प्रधानमन्त्रीले विरोधाभासपूर्ण अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग गर्दै एमालेद्वारा संसदमा अवरोध

राष्ट्रपाटी न्युज

असार २०, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति संसदमा जवाफ माग गरेको छ।

बुधबार प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै एमाले सांसदहरूले विरोधाभासपूर्ण अभिव्यक्ति दिएको भन्दै संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । यसको जवाफ नआएसम्म संसद चल्न नदिने एमालेको अडान छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ ।

बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहालले देशको स्वाभीमानमा आँच आउने गरि खेदपूर्ण अभिव्यक्ति दिएको विषय गम्भीर रहेको बताए ।

गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा  प्रधानमन्त्रीले दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए । प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ। एमालेको अवरोधका कारण बैठक सञ्चालन हुन सकेको छैन ।


Published :असार २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media