अभिव्यक्तिको आशय नबुझी अतिरञ्जित गर्नु आवश्यक छैनः मन्त्री बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरित रहेको बताएका छन् ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आशय बुझ्न संसदले आवश्यक ठाने प्रधानमन्त्रीसँग बुझ्ने अधिकार संसदले राख्ने भए पनि आशय नै नबुझी विपक्षीले राजीनामा माग गर्नु र संसद अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत रहेको बताए।

उनले संसदीय प्रक्रियालाई नै छाडेर संसद अवरुद्ध गर्नु उचित नभएको बताए। प्रधानमन्त्रीले आफ्नो कुरा नभनेको र प्रितम सिंहले ठीक गर्नुभयो भनेर नभनेको भन्दै यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको उनको भनाइ छ ।


Published :२० असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media