काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ विन्दुमा अडिएको छ।
२८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भयो।
ओरालो लागेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।
यसैगरी अपर तामाकोशी हाइड्रोपावरको ९.८५ र जोशी हाइड्रोपावर डेभलपमेन्टको ९.३३ प्रतिशतले मूल्य बढ्यो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ६ को सूचक बढ्दा ७ को ओरालो लाग्यो। डेभलपमेन्ट बैंक,होटल एन्ड टुरिजम, हाइड्रो पावर,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो र ट्रेडिङ उपसमूह बाहेक बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखियो ।