काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि महानगरले परीक्षा तालिका सार्वजनिक गरेको छ ।
मेयर बालेन्द्र शाह (बालेन)ले महानगरमा सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा गरेको जानकारी दिए । उनले सूचना अनुसार सहभागी भएर लाभ उठाउन विद्यार्थीहरुलाई अनुरोध गरेका छन् ।
महानगरपालिकाका अनुसार छावृत्तिका लागि लिइने परीक्षामा सहभागी हुन अनलाइन आवेदन असार २८ देखि साउन १२ गतेसम्म दिन सकिनेछ । परीक्षा साउन २० गते हुने महानगरपालिकाले जनाएको छ ।