काठमाडौं । मिटरव्याजविरूद्ध कानुन ल्याउन माग गर्दै संघीय संसद भवन अगाडि प्रदर्शन गरिएको छ। काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजी पीडितहरूले कानुन छिटो बनाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले मिटरव्याज सम्बन्धी कानून तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले नियोजित रुपमा यससम्बन्धी कानुनलाई निष्कृय पारेको भन्दै आफूहरुले न्याय नपाएसम्म घर नफर्किने जनाएका छन् ।
सरकारले मिटरव्याजीलाई कारबाही गर्ने भने पनि कार्यान्वयनमा नआएको पीडितहरुको आरोप छ । सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनमा अवरोध हुँदा पारित हुन सकेको छैन ।