संसदमा प्रधानमन्त्रीको प्रष्टीकरणः भावनात्मक भएर बोलेँ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘विवादित अभिव्यक्ति’बारे संसदमा स्पष्टीकरण दिएका छन् । प्रितम सिंहको किताब विमोचनमा आफूले प्रधानमन्त्रीको हैसियतभन्दा पनि छोरीको बुबा भएर भावनात्मक भएर बोल्न पुगेको प्रष्टीकरण दिएका हुन् ।

उनले संसदमा आफ्नो अभिव्यक्तिका आत्मसमीक्षा गर्ने बताए । ‘यो भावुकताले काम दिँदैन भन्ने निष्कर्षमा म पुगेकै छु। तर स्वभावबस म अन्तर्मनको आवाजतिर फर्किहाल्दो रहेछु। मनभित्र कुनै मैलो छैन। नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्तिहरू समान हुँदा रहेछन्। यो भावुकताको लागि सम्मानित सदनसमक्ष म आत्मसमीक्षा गर्न चाहन्छु। भविष्यमा यहाँ चलेको बहसले सतर्क हुन उत्प्रेरित गरेको छ,’ उनले भने।

उनले प्रितम सिंह शक्ति केन्द्र नभएको पनि स्पष्ट पारे । ‘प्रितम सिंह शक्ति केन्द्र होइन । उनले प्रधामन्त्री बनाउने र हटाउने हैसियत राख्दैन । उनीसँग नेता र प्रधानमन्त्रीको सम्बन्ध पनि छैन,’ उनले भने ।


Published :२५ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media