मेयर बालेनविरुद्ध ‘इनफ इज इनफ’को प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ ।

‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहबिरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए ।

उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुर्व्यवहार गनेको बताए । उनले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हनन गरेको आरोप मेयर शाहलाई लगाए । उनले मेयर तथा महानगर बिरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताए । उनले महानगरपालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताए ।

उनले महानगरले साना व्यापारीहरुलाई अमानविय व्यवहार गरेको बताए । उनले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उनलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताए ।

त्यस्तै,अर्को प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताए । उनले मेयर बालेन्द्रले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताए ।

त्यस्तै,बिरोध प्रदर्शनमा सहभागि युजनराज भण्डारीले साना ठेलागाडा ब्यापारीहरुमाथि महानगरले गरेको ज्यादतीबिरुद्ध प्रदर्शन गरिएको बताए  उनले फुटपाथका गेलागाडा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरे पनि अहिले अमानवीय व्यवहार गर्ने काम गरेको आरोप लगाए ।


Published :२७ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media