देउवा, ओली र नेपालले दिए प्रधानमन्त्रीपत्नी दाहाललाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ ।

पशुपति आर्यघाटमा पुगेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा युवराज शर्माले जानकारी दिए ।

साथै पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।


Published :२७ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media