शेयर बजारमा १२.६२ अंकको गिरावट, कारोबार रकम ३ अर्ब ३९ करोड बढी

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.६२ अंकले घटेर २०८४.९३ विन्दुमा अडिएको छ। बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुगेको थियो ।

नेप्से दोहोरो अंकले ओरालो लागेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। आज २९६ कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो दिन ३ अर्ब १८ करोड ७६ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज २ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  एनएमबी डेबेन्चर र एसबीआई डेबेन्चरको मूल्य ९.९९ प्रतिशतले बढ्यो ।

एनआईबीएल समृद्धि फन्डको सेयर मूल्य ९.९४ प्रतिशतले बढ्यो। यस्तै पिपुल्स हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढिले घट्यो। २३ करोड मूल्य बढिको कारोबार गरी शिवम् सिमेन्ट शीर्षस्थानम रह्यो। यसैगरी सोल्टी होटल १७ करोड र हिमालयन लाइफ इन्स्योरेन्स १६ करोड मूल्य बढिको कारोबार गरी क्रमश : दोस्रो र तेस्रो स्थानमा रहे।

कारोबारमा आएका १३ उपसमूहमध्ये ३ बाहेक बाँकी सबै उपसमूहको सूचक नकारात्मक देखिएका छन् ।


Published :२८ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media