आगामी वर्ष थप नौ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका हुन् । उनले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए । सोही अनुरुपको ऊर्जा विकास दशककको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए ।

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताए ।


Published :२८ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media