काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि (शुक्रबार) काठमाडौँ आउँदैछन्। उनी भारत हुँदै काठमाडौं आउने भएका हुन् ।
सरकारले संसदबाट पास भइसकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगस्टदेखि पूर्ण कार्यान्यवन गर्ने बताउँदै आएको छ । सोही विषयमा छलफल गर्न डोनाल्ड लु नेपाल आउन लागेका हुन् । नेपालमा रहँदा उनले एमसीसीका विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
त्यस्तै उनले परराष्ट्र मन्त्रालयका अधिकारीहरू र राजनीतिक दलका नेता तथा मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । उनी भोलि नै फर्किने कार्यक्रम छ ।