कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डबीच भेटवार्ता

काठमाडौं । दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा नेपाल आएका  अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका गरेका छन् ।

शुक्रबार दिउँसो काठमाडौं अवरतण गर्नुभएको उहाँले अपरान्ह देउवालाई भेटेका हुन् ।

भेटका क्रममा  नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको सभापति देउवाले जानकारी दिएका छन् ।

भेटघाटको तस्बिरसहित सामाजिक सञ्जाल ट्वीटरमा देउवाले भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो । नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’


Published :२९ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media