कसैले गठबन्धन ढलोस् भनेर धुप, बत्ती बाल्दैमा नढल्ने मन्त्री ज्वालाको टिप्पणी

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गर्नुभएको छ ।

आईतवार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे । उनले प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे । उनले गठबन्धन ढालेर केही पाइहाल्छौँ कि भन्ने आशा गर्नेहरुले आशावादी नबन्न आग्रह गरे ।

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए ।


Published :३१ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media