भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ। भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ। त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ ।

निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ। पछिल्लो पटक गत १८ असारमा निगमले इन्धनको मूल्य समायोजन गरेको थियो। जसअनुसार पेट्रोलको मूल्य काठमाडौँ उपत्यका क्षेत्रमा प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ १३६ रुपैयाँ प्रतिलिटर छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०५० अमेरिकी डलर तोकिएको छ ।


Published :३१ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media