राष्ट्रपति पौडेलद्वारा तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


Published :३१ असार २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media