पारित विधेयकले नेपाल डरलाग्दो हिंसामा फस्नसक्ने कमल थापाको चेतावनी

राष्ट्रपाटी न्युज

३ श्रावण २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हालै पारित विधेयकले हिंसालाई प्रोत्साहन गरेको बताएका छन् ।

केही नेपाल ऐन संसोधन गर्न विधेयक-२०८० पारित भएसँगै अध्यक्ष थापाले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘हिंसा र अपराधलाई उन्मुक्ति दिने यो विधेयक कानुन बन्यो भने नेपाल डरलाग्दो हिंसाको भुमरीमा फस्न सक्छ,’ उनले भनेका छ, ‘विधेयकले राजनीतिक प्रणालीसंग असहमत हुनेलाई हिंसात्मक विद्रोह गर, हिंसाबाट सफल नभए शान्तिपूर्ण राजनीतिमा आउने वहानामा सबै अपराध माफ भैहाल्छ भन्ने सन्देश दिएको छ, गणतन्त्र भनेको यही हो ?’

प्रतिनिधिसभाको पछिल्लो बैठकवाट उक्त बिधेयक पारित भए पछि सर्वत्र आलोचना भइरहेको छ ।


Published :३ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media