काठमाडौँ महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदन

राष्ट्रपाटी न्युज

३ श्रावण २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो । सेवा सदनमा रहेका सामानहरुलाई सुरक्षित साथ भद्रकुमारी घलेको निवासमा पुर्याइएको महानगरले जनाएको छ ।
त्यहाँ रहेको शिक्षा सदनलाई महानगरको शिक्षा विभागले व्यवस्थापन गर्ने काठमाडौं नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । त्यस्तै सोहि स्थानमा रहेका असक्तहरुलाई मानव सेवा आश्रममा राखिने उनले बताएका छन् ।
यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचित गरेको र खाली नभएपछि बाध्य भएर भवन भत्काउनुपरेको महानगरले जनाएको छ ।


Published :३ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media