सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई १० दिन थुनामा राख्न अदालतको अनुमति

राष्ट्रपाटी न्युज

४ श्रावण २०८०

काठमाडौं । सुन प्रक्ररणमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

बिहीबार सुन प्रक्ररणमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजस्व अनुसन्धान बिभागले उच्च अदालत पाटन हाजिर गराएको थियो । सो क्रममा उच्च अदालत पाटनले पक्राउ परेका ६ जनालाई नै १० दिन थुनामा राख्न विभागलाई अनुमति दिएको हो ।

सुन तस्करी काण्डमा संलग्न एक जना चिनियाँ नागरिकलाई बिहीबार नै त्रिभुवन बिमानस्थलबाट पक्राउ गरिएको थियो भने अन्य व्यक्तिलाई बुधबार साँझ र बिहीबार बिहान विभागले पक्राउ गरेको थियो। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको करिब सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो ।


Published :४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media