देशमा दण्डहीनताले सीमा नाघ्योः शेखर कोइराला

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन कायम हुन नसकेको बताएका छन् ।

बिहीवार ललितपुरमा आयोजित लाओस राईद्वारा लिखित पुस्तक राष्ट्रवाद की राष्ट्रप्रेम नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा दण्डहीनताले सीमा नाघेको बताए ।

उनले राजनीतिक मुद्दा वा जुनसुकै मुद्दाहरुमा अदालतले निर्णय गरिसकेका मुद्दालाई राजनीतिक मुद्दा भनेर छुट दिने हो भने दण्डहीनताले सीमा नाघ्ने बताए । उनले देशमा अहिले राष्ट्रियताको आडमा लोकरिझाँई, लोकप्रियतावादीका रुपमा नेताहरुले आफूलाई स्थापित गरिरहेको बताए । उनले लोकरिझाईंको राजनीतिले देशलाई बिगारीसकेको बताए । उनले लोकरिझाँईको राजनीति भविष्यमा देशका लागि घातक हुने बताए । नेता कोईरालाले देशमा भ्रष्टाचार अन्त्य गर्नैपर्ने बताए ।

नेता कोईरालाले नेपालमा २०६२/०६३ पछि नै दण्डहीनताका घटनाहरु बढ्दै गइरहेको उल्लेख गरे । नक्कली भूटानी शरणार्थी, ललिता, ओम्नी, वाइडबडी लगायतका अनियमितताका प्रकरणहरु निचोडमा नपु-याएसम्म देशको स्थिति अफ्ठ्यारो रहने बताए ।


Published :साउन ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media