काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्ने बाटो खुलेको छ ।
शुक्रबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेसँगै उनीहरुलाई फेरि पक्राउ गर्ने बाटो खुलेको हो ।
उनीहरूलाई पक्राउ नगर्न २०७९ साउन १९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले दिएको अन्तरिम आदेश शुक्रबार खारेज भएको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले प्रहरीको मागबमोजिम आदेश जारी गरेसँगै उनीहरूलाई पुनः पक्राउ गर्न बाटो खुलेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेपछि त्यसैदिन छाडिएको थियो। उक्त आदेश खारेज गर्न माग गर्दै नेपाल प्रहरीले भ्याकेट दर्ता गराएको थियो।
सिआइबीको निवेदनमा सवोच्चले रिट जारी गर्दै पहिलेको अन्तरिम आदेश खारेज गरिदिएको हो ।