काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले सुन तस्करी प्रकरणविरुद्ध प्रदर्शन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी काण्डमा साना भरियाहरुलाई मात्र समातेर ठुलालाई उन्मुक्ति दिने प्रपन्च रचिरहेको भन्दै नारा लगाएका थिए । नयाँबानेस्वर स्थित कार्यालयबाट उनीहरुले मसाल जुलुस निकालेका थिए ।
उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै ‘सुन तस्करलाई फाँसी दे’, ‘सुनको रह्यो ब्रेक सु, तस्करीमा गृहमन्त्रीकै ब्रेक थ्रु’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’ जस्ता नारा लगाए ।
तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ ।