सुन प्रकरणः भन्सारका थप एकजना निलम्बित

राष्ट्रपाटी न्युज

६ श्रावण २०८०

काठमाडौं  । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । करिब १०० किलो सुन तस्करी प्रकरणमा एक्स-रे मेसिन हेर्ने श्रेष्ठलाई भन्सार विभागले निलम्बित गरेको हो ।

यसअघि भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल निलम्बनमा परेका थिए । श्रेष्ठ निलम्बित भएसँगै निलम्बित हुनेको संख्या तीन पुगेको हो । भन्सार अधिकृतका अनुसार ब्रेक शु आउँदा भन्सार कार्यालयका श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने जिम्मेवारीमा थिए। शंकास्पद सामान आएको जानकारी पाउँदा समेत थप प्रक्रिया अगाडि नबढाएको देखिएको बताइएको छ।

विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर त्यति ठूलो परिमाणको सुन कसरी बाहिरियो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। बाहिरबाट आउने सामान ओसार्ने र भन्सार पास गर्ने ठाउँमा आफ्नो उपस्थिति नहुने प्रहरीको भनाइ छ। भन्सारका कर्मचारीको संलग्नताबारे भने अनुसन्धान भइरहेको राजस्व विभाग र प्रहरीको भनाइ छ।


Published :६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media