तरलता संकटबीच शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट अब्बल बन्दै

राष्ट्रपाटी न्युज

८ श्रावण २०८०

काठमाडौं। काठमाडौंको चावहिल चुच्चेपाटीमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले गत आ.व. २०७९।०८० को असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको हो । पछिल्लो समय सहरी क्षेत्रमा रहेका कतिपय सहकारी संस्थाहरुले तरलता लगायतका थुप्रै समस्याहरु झेलिरहेको भए पनि शुभप्रवाले वित्तीय व्यवस्थापन गर्न सबल देखिएको छ ।

सहकारीप्रति आम सदस्यको विश्वास गुम्दै गएको भएपनि शुभप्रवा सहकारी संस्थाको आकर्षण उस्तै रहेको छ। सहकारी मुल्य, मान्यता र सिद्धान्तलाइ आत्मसाथ गरी अगाडि बढेको उक्त सस्थाले सदस्य केन्द्रियतालाइ पहिलो प्राथमिकतामा राखेको जनाएको छ । जसको कारण सहरी क्षेत्रमा रहेका कतिपय बैंक, वित्तीय संस्था र सहकारी तरलता अभावकाे समस्याबाट गुज्रिएकाे भए पनि शुभप्रवालाइ तरलता व्यवस्थापनमा समस्या रहेको छैन । संस्थामा गत असार मसान्तसम्म १८.७३ प्रतिशत अर्थात ९ करोड १६ लाख ३६ हजार तरलता रकम रहेको छ । पर्ल्स मनिटिरङ पद्धति अनुसार १५ प्रतिशत भन्दा माथि तरलता हुनु राम्रो संस्थाको पहिचान हाे।

गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थामा ८ करोड ९४ लाख शेयर पुँजी, ३ करोड ९१ लाख ३३ हजार जगेडा कोष र ४ करोड १६ लाख ९५ हजार संस्थागत पुँजी रहेको वित्तीय विवरणमा उल्लेख छ । त्यसैगरी विभिन्न कोषहरुमा ७ करोड १२ लाख ३२ हजार रकम रहेको संस्थाले असार मसान्तसम्म ४८ करोड ८९ लाख ९६ हजार बचत संकलन गर्न सफल भएको छ । त्यस अवधिमा संंस्थाले ५२ करोड २३ लाख ६० हजार ऋण लगानी गरेको छ । १ हजार ४१५ सेयर सदस्य रहेको संस्थाको कुल सम्पत्ति ७४ करोड ३५ लाख २९ हजार पुगेको छ । संस्थाबाट ५४१ जनाले विभिन्न पेशा तथा व्यवसायको लागि ऋण लिएका छन् ।


Published :८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media