कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भारदारी सभाजस्तो भयोः नेता घिमिरे

राष्ट्रपाटी न्युज

९ श्रावण २०८०

काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताएका हुन् ।

उनले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताए । उनले पार्टी केन्द्रिय कार्य समिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिए ।

उनले काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताए । आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाँणलाई दुःख नपरेको उल्लेख गरे । दोषी भएमा खाँणलाई कारबाही गर्नुपर्ने उनको भनाई छ ।


Published :९ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media