कोसी सरकारविरुद्ध सुनुवाइ सुरू

राष्ट्रपाटी न्युज

१० श्रावण २०८०

काठमाडौं । कोसी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ सुरू भएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो। मंगलबार जवाफी बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो । बहस सकिए आजै फैसला आउने  संभावना छ।

सोमबार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले कोसी सरकारलाई दिर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो ।


Published :१० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media