कोशी सरकार गठनसम्बन्धी मुद्दाको फैसला भोलि

राष्ट्रपाटी न्युज

१० श्रावण २०८०

काठमाडौं l कोशी प्रदेशमा  सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतमा दायर मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ।

बुधबार नै फैसला सुनाउने तयारी रहे पनि फैसला लेखनका लागि अध्ययन गर्न समय अपुग भएपछि उक्त मुद्दा बिहीबारलाई हेर्दाहेर्दैमा राखिएको छ।

हिजो हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलिलाई फैसला सारिएको हो ।

न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो।

सम्भवतः बिहीबार यो मुद्दामा सर्वोच्चले फैसला सुनाइने छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्णइजलासमा पठाएको थियो ।

गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।


Published :१० श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media