कोशीमा कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयारः मुख्यमन्त्री कार्की

राष्ट्रपाटी न्युज

१२ श्रावण २०८०

विराटनगर । कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनः कार्यभार सम्हालेका हुन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रस्ट पारे । देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताए ।

उनले यस विषयमा कुराकानी पनि भइरहेको बताए । कार्कीले भने, ‘मुख्यमन्त्री दिन हामी तयार छौँ । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा म सहमत छैन ।’
उनले नेकपा एमाले पनि बहुमत पुर्‍याएर सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा जाने सक्ने बताए ।

कार्कीले यस विषयमा कुराकानी भइरहेको र अहिलेसम्म फाइनल भइनसकेको बताए ।


Published :१२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media