फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु, ४० जनाको उद्धार

राष्ट्रपाटी न्युज

१२ श्रावण २०८०

काठमाडौँ । फिलिपिन्समा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ ।

राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ ।

बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ।

यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो । (एजेन्सी)


Published :१२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media