काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।
विधेयक प्रतिनिधिसभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रियसभा बैठकले बिहीबार सर्वसम्मतीले पुनः पारित गरेको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।
त्यसपछि राष्ट्रियसभा अध्यक्षले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुभएको थियो ।