काठमाडौँ । आज मिति २०८० साउन १३ गते शनिबार, ई.सं. २९ जुलाई, २०२३ । तिथि- आधिक श्रावण शुक्लपक्ष एकादशी, ८ः२६ बजेपछि द्वादशी, नक्षत्र- ज्येष्ठा, योग- ब्रह्म, करण- भद्रा, चन्द्रराशि- वृश्चिक, सूर्योदय ५ः२६, सूर्यास्तः १८ः५३ ।
मेष : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।
वृष : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
मिथुन : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
कर्कट : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।
सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कन्या : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
तुला : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
वृश्चिक : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मकर : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।
कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।