१ करोड बढी भ्रष्टाचार गरेको ठहरसहित नापी कार्यालय चाबहिलका अधिकृत पुरीविरुद्ध मुद्दा दायर

राष्ट्रपाटी न्युज

१४ श्रावण २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै नापी अधिकृत पुरीविरुद्ध  १ करोड चार लाख बढिको भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा नापी अधिकृत पुरीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२/०९/०९ देखि २०७९ असार सम्मको अवधिमा कमाएकोमध्ये १ करोड ४ लाख ३ हजार ९ सय ४१ रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न आएको नदेखिकाले आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

अख्तियारका अनुसार पुरीमाथि सोही रकम बराबरको विगो माग दावी गरिएको छ ।


Published :१४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media