भ्रष्टाचार र तस्करीबिरुद्ध जेहाद छेड्ने कदम रोकिँदैनः प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

१४ श्रावण २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने कदम नरोकिने बताएका छन् ।

आईतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध देहाद छेड्ने क्रम नरोकिने बताएका हुन् । उनले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पती दोहन, शोषण र बेथितिहरुका बिरुद्धमा जेहाद छेडिरहेको बताए । उनले सरकारको यो कदम निरन्तर अगाडी बढ्ने स्पष्ट पारे ।

उनले आगामी दिनमा भ्रष्टाचारका अरु फाइलहरु पनि खुल्दै जाने बताए । प्रधानमन्त्री दाहालले सरकारले थालेको यस लडाइँमा आम जनताको पनि साथ आवश्यक भएको भन्दै साथ दिन आग्रह पनि गरे ।

प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारको बिरुद्ध लडाइँ शुरु गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत गरिएको बताए । उनले समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने र आशंका उत्पन्न गर्ने षड्यन्त्र भइरहेको भन्दै आफूहरु एकतावद्ध भएर षड्यन्त्रलाई परास्त पार्ने बताए । उनले मोर्चामा विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडी बढ्ने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले मंगलवार (पर्सि) बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताए । ऐनले शिक्षा क्षेत्रका समस्याहरुलाई समाधान गर्ने उनको भनाई छ । उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पनि मंगलवारसम्ममा नियुक्त हुने बताए ।

उनले शिक्षा क्षेत्रमा खालि रहेका ठाउँहरुमा पदपुर्ति गर्ने बताए । उनले समाजवादी शिक्षाको शुरुवात गर्ने नयाँ प्रक्रिया अगाडि बढाइने पनि बताए ।


Published :१४ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media