संवैधानिक परिषद्को बैठक बस्दै

राष्ट्रपाटी न्युज

१६ श्रावण २०८०

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो ।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये पहिलो नम्बरमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, दोस्रोमा ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित आठ न्यायाधीश रहेका छन् । परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ ।

संविधानको धारा २८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर प्रधानन्यायाधीशले अवकाश पाउने चार दिनअघि बल्ल संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।​


Published :१६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media