कांग्रेस सत्ताका लागि असंवैधानिक कार्यमा अगाडि बढेको छः हिक्मत कार्की

राष्ट्रपाटी न्युज

१६ श्रावण २०८०

विराटनगर । एमाले नेता हिक्मतकुमार कार्कीले कांग्रेस असंवैधानिक र अमर्यादित ढंगले अगाडि बढेको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले सभामुखलाई राजीनामा गर्न लगाएर सत्ता गठबन्धनले अमर्यादित कार्य गर्न लागेको बताएका हुन् ।

उनले सर्वोच्च अदालतले उद्धव थापालाई बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री पदमा काम चलाउको रुपमा बहाली गर्न आदेश भएपनि प्रदेशमा त्यस अनुसार तयार नभएको बताए । उनले एमाले संविधान र विधि अनुसार जाने र बलजफ्ती रुपमा कोसी प्रदेशको सरकारमा नजाने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न आग्रह गरेको उल्लेख गर्दै उनले आफ्नो मान्यता पनि त्यही रहेको उल्लेख गरे ।

कार्कीले समय अझैँ बाँकी रहेकाले संख्या पुगेको खण्डमा सरकारको दाबी गर्ने धारणा राखे ।


Published :१६ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media