लम्पी स्किन रोगको उचित उपचार गर्नुपर्ने माग गर्दै एमालेको प्रदर्शन 

राष्ट्रपाटी न्युज

१७ श्रावण २०८०

काठमाडौं । मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरि रोकथाम नियन्त्रणका साथ उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौ पशुहरु प्रभावित हुदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ ।
त्यस्तै छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलव्ध गराउनुपर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताए । उनले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको उल्लेख गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले लम्पि स्किन रोग महामारी घोषणा गर, पीडित किसानलाई क्षतिपूर्ति दे, भ्रष्टाचार नियन्त्रण गर, भूमिहिन समस्या समाधान गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


Published :१७ श्रावण २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media